Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

लागु‍औषध कारोबारीले कार रेसर्समाथि गोली बर्साए, ११ जनाको मृत्यु

लागु‍औषध कारोबारीले कार रेसर्समाथि गोली बर्साए, ११ जनाको मृत्यु


  • 1.9K
    Shares

    लागु‍औषध कारोबारीले कार रेसर्समाथि गोली बर्साए, ११ जनाको मृत्यु
    images

    मेक्सिकोमा भएको एउटा कार रेसिङ प्रतियोगिताका क्रममा लागुऔषध कारोबारीले गोली बर्साउँदा ११ जनाको मृत्यु भएको छ। लागुऔषध कारोबारीले अन्धाधुन्धा गोली बर्साउँदा ११ जनाको मृत्यु भएको समाचार छ। 

    हमलाकारीमध्ये एकजना एक खैरो रंगको भ्यानमा सवार थिए।  त्यसबेला रेसमा भाग लिइरहेका रेसर्स एक ग्यास स्टेशनमा उभिएका थिए। त्यही बेला हमलाकारीले गोली बर्साउन थाले। 

    उत्तरी मेक्सिकोको बाजा क्यालिफोर्नियामा शनिवार एक कार शोका क्रममा गोली बर्साइएको हो। यसमा कम्तिमा ११ जना कार रेसरको मृत्यु हुँदा अन्य नौजना घाइते भएका छन्। राज्यका महान्यायाधिवक्ताको कार्यालयले एनसेनाडा सहरको स्यान भिसेन्ट इलाकामाए क ल-टेरेन कार रेसिङका क्रममा यो घटना भएको जनाएको छ। समाचार अनुसार दुई लागुऔषध कारोबारी दुई समूहबीच गोली हानाहान चलेको थियो।

    रोययटर्सका अनुसार उक्त झडपका क्रममा एउटा समूहले  रेसमा भाग लिइरहेका रेसर्समाथि गोली हाने। यस हमलापछि स्टेट पुलिस, मरिन, फयर ब्रिगेड र मेक्सिकन रेडक्रसको टोली घटनास्थल पुगेको थियो

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - ११:२०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij