Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

'अबका युवा मासुभात, मोटरसाइकलमा राख्न दुईचार लिटर पेट्रोलमा नअल्झिने'

'अबका युवा मासुभात, मोटरसाइकलमा राख्न दुईचार लिटर पेट्रोलमा नअल्झिने'


  • 4.9K
    Shares

    'अबका युवा मासुभात, मोटरसाइकलमा राख्न दुईचार लिटर पेट्रोलमा नअल्झिने'
    images

    संसद् पुनःस्थापनाका पक्षमा उभिन एक कार्यक्रमका सहभागीहरूले सबैसँंग आग्रह गरेका छन्। नेपाल प्रेस सोसाइटी र संकल्प क्रियसनले वर्तमान राजनीतिक संकट र युवाहरूको भूमिका विषयमा शनिबार भक्तपुरमा गरेको कार्यक्रमका सहभागीहरूले प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको जिकिर गरे।  

    कार्यक्रममा अभियन्ता हेमराज थापाले अवको युवा राजनीतिक दलहरूको झण्डा बोक्न मात्रै प्रयोगमा नआउने बताए। उनले जिन्दावाद र मुर्दावाद नारामा मात्रै सीमित राख्ने कोसिस अबका युवाहरूलाई नगर्ने सचेत गराए। उनले अवका युवा मासुभात, मोटरसाइकलमा राख्न दुईचार लिटर पेट्रोलमा नअल्झिने पनि स्पष्ट पारे। नेकपा भक्तपुरका युवा नेता देवेन्द्र श्रेष्ठले देशको राजनीतिक संकटको समाधान गर्ने जिम्मा युवाको काँंधमा आएको बताए। 

    यस कारण युवाहरू अदालतले न्याय देला भन्दै चुप लागेर वस्न नमिल्ने बताए। युवा चुप लागेर पसे अदालतले संसद पुनस्थापना नगर्ने भन्दै आन्दोलनको आँंधीहुरीबाटै संसद् पुनस्थापना गर्नुपर्ने बताए।  

    पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष पर्शुराम खापुग, युवा नागरिक अभियन्ता रमेश ख्याज, आयोजक नेपाल प्रेस सोसाइटीका अध्यक्ष केशव लुईंटेललगातले पनि वर्तमान राजनीतिक संकटमा युवाहरूको भूमिका महत्वपूर्ण हुने चर्चा गरे। यो समाचार आजको नागरिक दैनिकमा छ । 

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - ०८:१८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij