२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । कानुनबमोजिम इजाजत नलिएका सामाजिक सञ्जाल र विभिन्न माध्यम ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरको माध्यमबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि रोक लगाउन दायर भएको रिटमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार दुई वटा रिटमाथि सुनुवाइ गर्दै निवेदकको मागबमोजिम परमादेश जारी गरेको हो ।
२०७७ पुसमा अधिवक्ता वीपी गौतमले विदेशी विज्ञापनसहितका सामाजिक सञ्जाल प्लेटफर्महरू निर्वाध प्रसारणमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए ।
रिट निवेदनमा अनधिकृत ओभर दी टप ओटिटी तथा युट्युबलगायत इन्टरनेट ब्राउजरमा भएका अनधिकृत प्रसारण सेवाहरूलाई रोक्न परमादेश माग गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij