२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । प्रहरीले गोंगबुमा ४ करोड २५ लाख नगद र साढे ९ केजी सुनसहित पक्राउ परेका विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि छापा मारेको छ । मंगलबार राति साढे ९ बजेतिर काठमाडौं १६ नयाँ बजारमा रहेको राजकुमार श्रेष्ठको कार्यालयमा प्रहरीले छापा मारेको हो ।
राजकुमारले भाडामा लिएको फ्ल्याटमा छापा मारेर ९० हजार नगद र केही सुनका गहना बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए । राजकुमारको कार्यालयबाट प्रहरीले ५ थान छड्के तिलहरी, नौगेडी, दुई थान बेरुवा औँठी र १ थान लकेट बरामद गरेको छ । उनी फरार छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij