Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

हरियो खुर्सानी भिजाएको पानी पिएपछि निको हुन्छ यी रोगहरू

हरियो खुर्सानी भिजाएको पानी पिएपछि निको हुन्छ यी रोगहरू


  • 14.0K
    Shares

    हरियो खुर्सानी भिजाएको पानी पिएपछि निको हुन्छ यी रोगहरू
    images

    हरियो खुर्सानी प्रत्येकको भान्सामा हुने गर्दछ । धेरै मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन् । हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ । हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन मात्र, यसका अनेकौं फाइदाहरू पनि छन् ।

    हरियो खुर्सानीमा कतिपय औषधीय गुण पनि हुन्छ । मुटुरोग, पेट दुख्ने समस्या जस्ता समस्याबाट यसले छुटकारा दिलाउने स्वास्थ्यसम्बन्धी गरिएको रिसर्चहरूले दाबी गर्ने गएका छन् । यहाँ हरियो खुर्सानीले गर्ने फाइदाहरूका बारेमा केही चर्चा गरिनेछ ।

    हरियो खुर्सानीमा एन्टीअक्सिडेन्ट हुन्छ । यसले शरीरलाई बाह्य किटाणुहरूको आक्रमणबाट बचाउछ । यसले प्रोटेस्ट ग्रन्थीको समस्यालाई पनि टाढा भगाउछ ।

    हरियो खुर्सानीमा गरिएका कतिपय अध्ययनहरूले यसमा भिटामिन सी र बिटा क्यारोटिन हुने तथ्य सार्वजनिक गरेका छन् । यी तत्वहरूले आँखा स्वस्थ राख्न मद्दत गर्छन् भने रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ ।

    हरियो खुर्सानीले रगतमा चिनीको मात्र सन्तुलित गर्न अहं भूमिका खेल्छ । यदि कसैलाई मधुमेह भएको छ भने हरियो खुर्सानीको सेवनले फाइदा हुने बताइन्छ ।

    हरियो खुर्सानीमा फाइबरको मात्रा हुने हुनाले यो कब्जियत हुनेहरूका लागि पनि फाइदाजनक छ । हरियो खुर्सानीले कतिपय प्रकारका क्यान्सरहरू पनि निको गराउन मद्दत गर्छ ।

    राति सुत्ने समय भन्दा केही पहिला २/३ वटा हरियो खुर्सानीलाई धोएर बीचबाट काट्ने र एक ग्लास पानीमा भिजाएर राख्ने अनि बिहान उठेर त्यसको सेवन गर्नाले पेटको समस्याबाट मुक्ति मिल्ने कतिपय अध्ययनहरूले पुष्टि गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७७ शनिवार - २१:४७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij