२०८२ माघ ११ गते आइतवार
प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा नेकपा ओली समूहका नेता शेरधन राईले खुमलटारमा दर्ता भएको दाहाल, नेपाल, खनाल कम्पनीले मुलुकलाई अँध्यारो सुरुङतिर लगेको आरोप लगाएका छन् ।
विराटनगरमा नेकपा ओली समूहले गरेको प्रदेशस्तरीय विशाल सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले कम्पनीले देशलाई अराजकतातिर धकेल्न खोजेको आरोप लगाए ।
‘खुमलटारमा दर्ता भएको दाहाल, नेपाल, खनाल कम्पनीले देशलाई अराजकतातिर धकेल्न खोज्यो, राष्ट्रपतिलाई हटाएर, प्रधानमन्त्री र मुख्यमन्त्रीलाई अपदस्त गरेर मुलुक कब्जा गर्ने कित्ता देखापरेको छ,’ उनले भने, ‘यो कित्ताले अँध्यारो बाटो रोजेको छ, मुलुकलाई अँध्यारो सुरुङतिर लगेको छ ।’
‘विकास र समृद्धिको यात्रामा भाँजो हाल्ने काम भयो, मूलुकलाई अराजकता, अस्थिरतातर्फ धकेल्ने प्रयास भयो, पार्टीको सरकार ढालेर ६, ९, १८ महिनामा सरकार फर्नेे प्रयासको विपक्षमा प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय गर्नुभएको छ, यो उपयुक्त निर्णय हो’, उनले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij