Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा अन्तरिम आदेश अस्वीकार

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा अन्तरिम आदेश अस्वीकार


  • 540
    Shares

    उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा अन्तरिम आदेश अस्वीकार

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको हो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाइएको छ ।

    कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका थिए । कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो ।

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १६:१८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij