Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा

संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा


  • 386
    Shares

    संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा

    काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आईतवार आयोगको कार्यालयमा एक कार्यक्रमबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको शुभारम्भ गरेका हुन् । 

    केन्द्रको शुभारम्भ गर्दै उनले निर्वाचनका क्रममा कुनैपनि निर्वाचन क्षेत्रमा देखिनसक्ने समस्या तत्काल पहिचान गरी समाधान गर्नेगरी सक्रिय रूपमा काम गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको बताएका छन् । 

    उनकाअनुसार निर्वाचन क्षेत्रमा खटिएका निर्वाचन अधिकारी र सुरक्षाकर्मीले समस्या नआउने सुनिश्चितताका लागि निरन्तर निगरानी गर्दागर्दैै पनि स्थानीय स्तरमै समाधान हुन नसक्ने समस्या आएमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रले सबै पक्षसँग समन्वय र सहकार्य गरी समस्याको समाधान गर्नेछ ।

    उनले भने, ‘यस केन्द्रले कुनैपनि निर्वाचन क्षेत्रमा कुनैपनि समस्या आयो भने तत्काल परिक्षण गरेर समाधान गर्ने कार्यमा एकदमै दत्तचित्त भएर लाग्छ । यद्यपि कुनैपनि समस्याहरु आउन नदिन हाम्रा निर्वाचन क्षेत्रमा खटिएका अधिकारी एवं सुरक्षाकर्मीहरुले लाग्नुहुन्छ । यदि समस्या आइहाल्यो भने पनि उतै समाधान गर्नुहुन्छ । यदि त्यहाँबाट समाधान गर्न नसकिने प्रकृतिका कुनै समस्याहरु आए भने यस केन्द्रले तुरुन्तै समाधान गर्छ ।’

    केन्द्रमार्फत निर्वाचन अवधिभर उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको मूल्यांकन, जनशक्ति तथा स्रोतसाधनको परिचालन, सूचनाको आदानप्रदान र समन्वयात्मक निर्णय प्रक्रिया सञ्चालन उनको भनाइ छ । 

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १६:५४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij