Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

७५ वर्षका सिद्धारमैया बन्ने भए कर्नाटकाका नयाँ मुख्यमन्त्री

७५ वर्षका सिद्धारमैया बन्ने भए कर्नाटकाका नयाँ मुख्यमन्त्री


  • 2.0K
    Shares

    ७५ वर्षका सिद्धारमैया बन्ने भए कर्नाटकाका नयाँ मुख्यमन्त्री
    images

    भारतीय कांग्रेसले बहुमत ल्याएको कर्नाटक राज्यको मुख्यमन्त्रीमा ७५ वर्षीय सिद्धार मैया निश्चित भएका छन्। चार दिन लामो तानातानी र सोनिया गान्धीको हस्तक्षेपपछि डीके शिवकुमार उपमुख्यमन्त्री हुन तयार भएका छन्। 

    अब सिद्धारमैया कर्नाटकका मुख्यमन्त्री र शिवकुमार उपमुख्यमन्त्री हुनेछन्। बुधबार मध्यराति सोनिया गान्धीले भिडिओ कन्फ्रेन्सिङमार्फत डीकेसँग वार्ता गरेकी थिइन्। त्यसपछि मुख्यमन्त्रीको अडानमा रहेका डीके उपमुख्यमन्त्री बन्न तयार भएका हुन्। यसको आधिकारिक घोषणा आज कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले गर्ने भएका छन्। 

    शिवकुमारले बिहीबार बिहान आफू पार्टीको निर्णयका लागि राजी भएको बताएका छन्। उनले अगाडि लोकसभा चुनाव पनि आएकाले आफू पार्टीले दिएको जिम्मेवारी लिन तयार भएकव बताएका छन्। पार्टीको हितलाई ध्यान दिँदै आफू सहमतिमा आएको उनले बताएका छन्। डीकेका भाइ र सांसद डीके सुरेशले भने आफू पूरा खुसी नभएको बताएका छन्। 

    कांग्रेसले आज साँझ बैंगलोरमा कांग्रेस विधायक दलको बैठक बोलाएको छ। यसमा पार्टीका केन्द्रीय नेता पनि पुग्ने भएका छन्। नयाँ सरकारको शपथ ग्रहण समारोह २० मेमा बैंगलोरमा हुनेछ। यसअघि राहुल गान्धी र खडगेको सिद्धारमैया र डीकेसँग वार्ता हुनेछ। 

    शिवकुमार ५०-५० को फर्मुलामा तयार भएका हुन्। पहिले अढाई वर्ष सिद्धारमैया मुख्यमन्त्री हुनेछन् त्यसपछि अढाई वर्ष डीकेले नेतृत्व लिने छन्। डीके लोकसभा चुनावपछि २०२५ मा मुख्यमन्त्री हुनेछन्। 

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - ११:२९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij