Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

गुरुद्वार अगाडि रक्सी खाएको भन्दै गोली हानी महिलाको हत्या

गुरुद्वार अगाडि रक्सी खाएको भन्दै गोली हानी महिलाको हत्या


  • 2.0K
    Shares

    गुरुद्वार अगाडि रक्सी खाएको भन्दै गोली हानी महिलाको हत्या
    images

    भारतको पटियालाको गुरुद्वार दु:ख निवारन साहिबमा आइतबार एक महिलाको हत्या भएको छ। महिला परविन्दर कौर नामकी ती महिलालाई भक्तले गोली हानेका हुन्। मृतक महिला पटियाला निवासी भएको बताइएको छ। 

    गुरुद्वार नजिकैको तालको सिँढीमा बसेर ती महिलाले रक्सी पिएकी थिइन्, त्यसपछि त्यहाँ उपस्थित एक भक्तले उनलाई गोली हानेका थिए। गोली लागेपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो। गोली चल्दा एक सेवाकर्मीलाई पनि गोली लागेको थियो, उनलाई पटियालाको राजेन्द्र अस्पतालमा भर्ना गरिएको छ।

    गुरुद्वार व्यवस्थापन समितिका अनुसार आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेकोो छ। पटियालाका एसएसपी वरुण शर्माले भने, 'घटनाको क्रममा आरोपीले चार-पाँच गोली चलाएको थियो। तीमध्ये तीन गोली महिलालाई लागेको थियो र एउटा गोली अस्पतालमा उपचाररत सेवाकर्मीलाई लागेको थियो।' आरोपितलाई पक्राउ गरिएको उनले बताए।

    एसएसपी शर्माका अनुसार सरोवरको सिँढीमा बसेर रक्सी खाइरहेकी महिलालाई गुरुद्वारका सेवाकर्मीले रोक्न खोजेका थिए। त्यसक्रममा महिला र सेवाकर्मीसँग सामान्य विवाद पनि भएको थियो।

    त्यसपछि उनलाई मन्दिर व्यवस्थापककहाँ लगेर गइएको थियो। त्यसै क्रममा भिडबाट एक भक्तले गोली चलाएको एसएसपी शर्माले बताए।

    प्रकाशित मिति :जेठ २ २०८० मंगलवार - १२:१२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij