२०८२ भाद्र २५ गते बुधवार
रुरु जलविद्युत् परियोजनाले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आजबाट आईपीओ निष्कासन गरेको छ ।
आजबाट खुला गरेको आईपीओ परियोजनाले स्थानीयका आयोजना प्रभावितका लागि ८ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर छुट्याएको छ ।
नेपाल धितोपत्र बोर्डले गत २१ माघमा यो कम्पनीलाई कुल ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति दिएको थियो । त्यसमध्ये पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि आइपीओ खुला गरेको हो ।
धितोपत्र विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले आइपीओमा न्युनतम् १० कित्ता र अधिकतम् ४ लाख कित्तासम्म आवेदन दिन सकिने जनाएको छ ।
क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरू तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरू तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
पहिलो चरणको आईपीओ निष्कासन बन्द छिटोमा २१ फागुन र ढिलामा ८ चैतमा बैंकिङ समयपछि हुने एनएमबी क्यापिटलले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij