Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

इन्टरनेट स्लो भएर हैरान हुनु भा छ, यदि छ भने सोझै प्राधिकरणमा यसरी गर्नुहोस् गुनासो

इन्टरनेट स्लो भएर हैरान हुनु भा छ, यदि छ भने सोझै प्राधिकरणमा यसरी गर्नुहोस् गुनासो


  • 6.7K
    Shares

    इन्टरनेट स्लो भएर हैरान हुनु भा छ, यदि छ भने सोझै प्राधिकरणमा यसरी गर्नुहोस् गुनासो
    images

    काठमाडौं । इन्टरनेट प्रयोगकर्ताका माझ ‘इन्टरनेट स्लो’ को गुनासो सधैभरीकै समस्या हो । अर्थात् खरिद गरेअनुसारको गुणस्तरीय सेवा उपयोग गर्न नपाउनु ।

    ग्राहकले समस्या सामाधानका लागि कैयन पटक सेवा प्रदायक कम्पनीमा गुनासो गर्दा समेत समाधान समाधान हुँदैन ।

    तर नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता गुनासा सम्बोधनका लागि गुनासो सुनुवाई प्रणाली सञ्चालनमा ल्याएको छ ।

    हाल दुरसञ्चार प्राधिकरणबाट ४० वटा इन्टरनेट सेवाप्रदायक कम्पनीले अनुमतिप्राप्त सेवा सञ्चालनमा ल्याएका छन् । यी सेवा प्रदायक कम्पनीले ग्राहकलाई सम्झौता गरेअनुसारको इन्टरनेट सेवा नदिएको अधिकांश ग्राहकको गुनासो हुन्छ ।

    यी र यस्तै गुनासोको सुनुवाई सम्बन्धित सेवा प्रदायकले नगरेमा ग्राहकले सोझै दुरसञ्चार प्राधिरकणमा गरेमा गुनासो गर्न सक्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

    प्रयोगकताएले प्राधिकरणले तयार पारेको ‘गुनासो व्यवस्थापन प्रणालीमा गएर अनलाइन आफ्नो गुनासो दर्ता गराएमा त्यसको समाधान प्राधिकरणले गरिदिने उनले बताए ।

    ‘प्रधिकरणले गत मंसिरबाट यसरी अनलाइनबाट प्राप्त सेवाग्राहीको गुनासो समाधान गर्दै आएको छ, यसमा इन्टरनेट, मोबाइल डाटा र भ्वाइसमा आउने समस्याहरु समेतको गुनासो सेवाग्राहीले गर्न सक्छन्’ उनले थपे, ‘हालसम्म १३५ वटा गुनासो प्राप्त भइसकेका छन्, जसमध्ये अधिकांश गुनासोको सुनुवाई भइसकेका छन् ।’

    प्राप्त गुनासोमा अधिकांश गुनासो इन्टरनेटको स्पीड स्लो हुने र मेन्टिनस, मोबाइल डाटा शुल्क र फ्रिक्वेन्सीलगायतका गुनासो समेत आएको उनले जानकारी दिए ।

    यसरी गर्नुस् प्राधिकरणमा गुनासो

    सम्बन्धित सेवा प्रदायकले गुनासो सुनुवाई नगरेमा प्रयोगकर्ताले प्राधिकरणको कार्यालयको सम्पर्क नम्बर तथा कार्यालयको इमेलमार्फत् गुनासो सेवाग्राहीले गर्न सक्छन् ।

    यसैगरी सेवाग्राहीले प्राधिकरणको वेवसाइटमा रहेको गुनासो व्यवस्थापन प्रणालीबाट समेत गुनासो गर्न सक्छन् । जसका लागि सेवाग्राहीले प्राधिकरणको वेवसाइटमा रहेको ‘गुनासो व्यवस्थापन प्रणालीमा क्लिक गर्नुपर्ने हुन्छ ।

    सो सिस्टममा दिइएको निर्देशन अनुसार रजिष्टर गराएर युजर नेम र पासवर्ड लिनु पर्ने हुन्छ । सिस्टममा रजिष्टार भएपछि मोबाइल नम्बरमा वा इमेलमा प्राधिकरणले युजरनेम र पासवर्ड पठाउँछ ।

    जसको प्रयोग गरी सेवाग्राहीले आफ्नो समस्या गुनासो दर्ता गराउन सक्ने प्राधिकरणका प्रवक्ता अर्यालले बताए ।

    ‘गुनासो व्यवस्थापन प्रणालीमा खरिद सम्झौताका सेवा, मेन्टिनेस, मोबाइल डाटा, भ्वाइस लगायत ग्राहकका सम्भावित गुनासोहरुको ४र५ वटा वर्ग छुट्याइएको छ,’ उनले भने, ‘ग्राहकको जस्तो सम्बन्धित गुनासो हो त्यही अनुसार दर्ता गराउन सक्छन् भने त्यो बाहेक अन्य गुनासो भएमा गुनासो थप्न पनि सक्ने व्यवस्था त्यहाँ गरिएको छ ।’

    ग्राहकले गुनासो व्यवस्थापन प्रणालीमा गरेको गुनासो प्राधिकरणको डाटा वेसमा बस्ने र त्यसलाई अपरेटरलाई पठाएर सेवाग्राहीलाई गुनासो रजिष्टर भएको नोटिफिकेशन आउँछ ।

    अपरेटरले गुनासोको मूल्यांकन गरी रजिष्टार गर्ने र समाधानको लागि सम्बन्धित कम्पनीसँग समन्वय गरेर समाधान गरेपछि त्यसको सूचना सेवाग्राहीलाई दिइने उनले जानकारी दिए ।

    ‘ग्राहकको गुनासो अनुसार सेवा प्रदायक कम्पनीहरुले सुनुवाइ गर्न मानेनन् भने प्राधिकरणले ती कम्पनीलाई कारवाही गर्छ र अहिले गरिरहेको पनि छ,’ उनले थपे ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - १५:१२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij