Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

दिनेशले नै बलात्कार पछि हत्या गरेको विश्वास लागे पछि परिवारले भागरथीको गर्यो अन्त्येष्टी 

दिनेशले नै बलात्कार पछि हत्या गरेको विश्वास लागे पछि परिवारले भागरथीको गर्यो अन्त्येष्टी 


  • 6.0K
    Shares

    दिनेशले नै बलात्कार पछि हत्या गरेको विश्वास लागे पछि परिवारले भागरथीको गर्यो अन्त्येष्टी 
    images

    काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । परिवारले शव बुझ्ने भएपछि भागरथीको मृत्यु भएको आज  १७ औँ दिनमा दाहसंस्कार गरिने भएको हो ।

    भागरथीको परिवारले यसअघि शव बुझ्न मानेको थिएन । आरोपी दिनेश भट्टले बलात्कार गरेको भन्नेमा परिवारले विश्वास गरेको थिएन । तर, परिवारसहित सरकारी वकिलसँगको बयानमा दिनेशले आरोप स्वीकार गरेपछि विश्वस्त भएको बुझिएको छ । बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो ।

    प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपीका रुपमा सार्वजनिक गरेको थियो । दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए । तर, शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो ।

    गोठलापानीबाट भागरथीको शवयात्रा भएको बुझिएको छ । गोठलापानीबाट सेरासम्म शवयात्रा गरी सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने लागिएको हो ।

    गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको प्रहरीले १३ दिन अनुसन्धान गरेर दिनेशलाई पक्राऊ गरेको थियो । दिनेश भागरथी पढ्दै आएको सनातन धर्म उच्च मावि खोचलेकमा कक्षा ११ मा अध्ययनरत थिए । भागरथी सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - १४:३८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij