Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्मार्टच्वाइस टेक्नोलोजिज र एनएमबी बैंक बीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र एनएमबी बैंक बीच सम्झौता


  • 2.6K
    Shares

    स्मार्टच्वाइस टेक्नोलोजिज र एनएमबी बैंक बीच सम्झौता

     स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ । 

    सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन् ।   

    ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यलाई आत्मासाथ गर्दै बैंकले ग्राहकहरूको बदलिँदो वित्तीय प्राथमिकतालाई सम्बोधन गर्न विभिन्न प्रकारका समयसान्दर्विक योजनाहरु ग्राहकहरू माझ प्रस्तुत गर्दै आइरहेको छ ।

    एससीटी र एनएमबि बैंकबीच भएको यस सम्झौताले ग्राहकवर्ग लाई विभिन्न डिजिटल च्यानलहरू प्रयोग गर्न प्रोत्साहन गर्दै ग्राहकवर्गहरुलाई डिजिटल प्रणाली प्रयोगमा अभ्यस्त गर्न समेत निर्णायक भूमिका खेल्न सक्ने कम्पनीको भनाइ छ । 

     

    प्रकाशित मिति :बैशाख २९ २०८० शुक्रवार - १४:४१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij