Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

वैदेशिक रोजगारीमा श्रमिक मागसम्बन्धी सूचना पत्रिकामा छाप्नु नपर्ने व्यवस्था प्रस्ताव

वैदेशिक रोजगारीमा श्रमिक मागसम्बन्धी सूचना पत्रिकामा छाप्नु नपर्ने व्यवस्था प्रस्ताव


  • 2.5K
    Shares

    वैदेशिक रोजगारीमा श्रमिक मागसम्बन्धी सूचना पत्रिकामा छाप्नु नपर्ने व्यवस्था प्रस्ताव
    images

    काठमाडौं । सरकारले वैदेशिक रोजगारका कामदार भर्तिका लागि श्रमिककको माग सम्बन्धी सूचना पत्रिकामा प्रकाशित गर्नुनपर्ने व्यवस्था प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा म्यानपावर कम्पनीले पूर्वस्वीकृति प्राप्त भएपछि कामदार छनोटका लागि कम्तीमा ७ दिनको समय दिएर आफ्नै वेबसाइटमा विज्ञापन प्रकाशित गर्न सकिने उल्लेख छ ।

    सोही दिन विज्ञापन प्रकाशित भएको जानकारी भने वैदेशिक रोजगार विभागलाई दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । हाल राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने र कम्पनीको आफ्नो सूचना पाटीमा टाँस्नुपर्ने व्यवस्था छ । नयाँ व्यवस्थाले श्रमिकहरु कामदार मागबारेका सूचना लिन प्रत्यक कम्पनीको बेबसाइटमा पुग्नुपर्ने बाध्यता सिर्जना हुने देखिन्छ ।

    कम्पनीको वेबसाइटपोर्टलहरु खोज्न नसक्ने श्रमिकहरु सूचनाबाट नै वञ्चित हुने गरी सरकारले पत्रकिामा सूचना प्रकाशित गर्नुनपर्ने गरी नयाँ व्यवस्था प्रस्ताव गरेको हो ।

    प्रकाशित मिति :बैशाख २८ २०८० बिहिवार - १५:४२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij