Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज सेयर कारोबारको रकम ५७ करोडमा खुम्चियो

आज सेयर कारोबारको रकम ५७ करोडमा खुम्चियो


  • 1.8K
    Shares

    • images
    आज सेयर कारोबारको रकम ५७ करोडमा खुम्चियो
    images

     सेयर कारोबार रकम ५७ करोड ८८ लाख रुपैयाँमा खुम्चिएको छ । यसअघि बुधबार ५८ करोड ९१ लाख रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक भने ३।३ अंक घटेर १८३८ अंकमा अडिएको छ । 

    कुल ६४ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १४ को स्थिर रहृयो । बैंकिङ ०।६२ तथा जीवन बीमा उपसमूह १।७२ अंक बढे । विकास बैंक १६, फाइनान्स १०, होटल तथा पर्यटन ७, जलविद्युत् ९, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा २६, अन्य ४ र ब्यापार उपसमूह ११ अंक घटे ।

    आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । मनकामना स्मार्ट, इस्टर्न हाइड्रोपावरको मूल्य ५ प्रतिशत बढ्यो । फरवार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत घट्यो । बाराही हाइड्रोपावरको ५।५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, ग्लोबल आईएमई बैंक संस्थापक, शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

     

     

    प्रकाशित मिति :बैशाख २८ २०८० बिहिवार - १५:१६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij