Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत

कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत


  • 407
    Shares

    कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत

    काठमाडौं । सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाम सूचीकृत गरेको हो । 

    वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

    सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत योजना अनुसार यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना छ ।

    मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् सहित निकायलाई निर्देशन दिएको थियो ।

     

     

    प्रकाशित मिति :माघ ८ २०८२ बिहिवार - १४:३६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij