Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सामसङले ल्यायो ग्यालेक्सी ए२४ एलटीई मा यस्ता छन् विशेषता

सामसङले ल्यायो ग्यालेक्सी ए२४ एलटीई मा यस्ता छन् विशेषता


  • 2.1K
    Shares

    • images
    सामसङले ल्यायो ग्यालेक्सी ए२४ एलटीई मा यस्ता छन् विशेषता
    images

    सासमङले आफ्नो लोकप्रिय ए–सिरिजमा एक नयाँ फोनको संस्करण थप गरेको छ। यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ पेश गरेको छ। जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरुले भरपूर रहेको कम्पनीको दाबी छ।

    कम्पनीका अनुसार यो नयाँ ग्यालेक्सी ए२४ एलटीईमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६।५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ।

    मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि  वा ८ जिबि र्‍यामका साथ काम गर्छ। साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ।

    ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठभागमा ५० एमपीको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन्।

    यसमा १३ एमपी सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भुत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ। साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरु सहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ।

    कम्पनीले भनेको छ, ‘अब तपाईंले आफ्नो वरिपरिका अद्भुत दृश्यहरु क्याप्चर गर्दा र क्लिक गर्दा स्टोर वा समय समाप्त हुने चिन्ता लिन छाडिदिनु होस् किनकी ग्यालेक्सी ए२४ एलटिइमा स्टोर गर्नको लागि प्रशस्त क्षमता छ। स्टोरको कुरा गरिरहँदा तपाई्रले केही अद्वितीय एप्हरु र फिचरहरु पाउन सक्नु हुनेछ, जुन तपाईंले फोनबाट प्राप्त गर्नु हुने विशेषताहरुसँग राम्ररी मेल खान्छ।’

    तपाईंले अब बजारमा उपलब्ध भएको नयाँ ग्यालेक्सी ए२४ एलटिइ खरीद गरेर पूर्णतः नयाँ मोबाइलको अद्भुत अनुभव संगाल्न सक्नु हुन्छ। ६ं१२८ जिबिको ग्यालेक्सी ए२४ को मुल्य रु।२ ८ हजार ९९९ कायम गरिएको छ भने ८ं१२८ जिबिको मोबाइल रु।३ १ हजार ९९९ मा उपलब्ध छ। यो एउटा त्यस्तो स्मार्टफोन हो  जुन अद्भुत बनावट र विशेषताहरु युक्त छ र यो केही अद्वितीय पलहरुको  सिर्जना गर्नका लागि पनि बनेको एक उपयुक्त उपकरण हो।

     

    प्रकाशित मिति :बैशाख २८ २०८० बिहिवार - १२:३३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij