Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार, शिक्षक पक्राउ

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार, शिक्षक पक्राउ


  • 8.3K
    Shares

    १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार, शिक्षक पक्राउ
    images

    कञ्चनपुर । नेपाल प्रहरीले बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षकलाई नियन्त्रणमा लिएको छ ।

    १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-६ बिद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - १२:३९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij