२०८२ भाद्र १८ गते बुधवार
हेटौंडा । नेपाल प्रहरीले मकवानपुरबाट २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले हेटौंडा उपमहानगरपालिका–११ बाट राक्सिराङ गाउँपालिका–१ पलासेका २१ वर्षीय नवराज थिङ र सोही ठाउँका २० वर्षीय बाबुराम थोकरलाई गाँजासहित पक्राउ गरेको हो । थिङ अटो चालक हुन् ।
ना १ ह ७२३६ नम्बरको अटोको पछाडिको सिटमा गाँजा लुकाएर राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij