Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ


  • 2.5K
    Shares

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
    images

    काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन् ।

    आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो ।

    इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘ पक्राउ पर्नु सामान्य हो।’ इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का नेता फवाद चौधरीले अदालत परिसरबाटै खान पक्राउ परेको बताएका छन् ।

    ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाटै उठाइएको छ। वकिल र आम जनतालाई पीडा दियो।  इमरान खानलाई अज्ञात मानिसले अज्ञात लोकेशनमा लिएर गए। इस्लामावाद हाइकोर्टका मुख्‍य न्यायाधीशले गृह सचिव तथा आइजीलाई १५ मिनेटभित्र अदातमा पेश हुन आदेश दिएका छन्’ 

    प्रकाशित मिति :बैशाख २६ २०८० मंगलवार - १५:१९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij