Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

भारतको मध्यप्रदेशमा बस पुलबाट खस्दा १५ जनाको ज्यान गयो

भारतको मध्यप्रदेशमा बस पुलबाट खस्दा १५ जनाको ज्यान गयो


  • 3.1K
    Shares

    भारतको मध्यप्रदेशमा बस पुलबाट खस्दा १५ जनाको ज्यान गयो
    images

    भारतको मध्यप्रदेशको खरगोनमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । खरगोनमा पुलको रेलिङ भत्काउँदै बस खोलामा खसेको हो ।

    दुर्घटनामा २५ जना यात्रु घाइते भएका खरगोनका एसपी धर्मवीर सिंहले जानकारी दिएको छ । घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बस दुर्घटनाको कारण खुलेको छैन ।

    मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले मृतकका परिवारलाई प्रतिव्यक्ति ४ लाख तथा गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार भारतीय रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेएको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०८० मंगलवार - ११:१५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij