Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

कोरोनाविरुद्धको औषधि आज सार्वजनिक गर्दै बाबा रामदेव

कोरोनाविरुद्धको औषधि आज सार्वजनिक गर्दै बाबा रामदेव


  • 6.7K
    Shares

    कोरोनाविरुद्धको औषधि आज सार्वजनिक गर्दै बाबा रामदेव
    images

    योगगुरु बाबा रामदेवले आज शुक्रवार मध्यान्हमा कोरोना भाइरसविरुद्धको एउटा नयाँ औषधि सार्वजनिक गर्ने भएका छन् ।उक्त नयाँ औषधि सम्पूर्ण रुपले प्रमाणितकतामा आधारित भएको पतञ्जलीले दावी गरेको छ ।

    नयाँ औषधि सार्वजनिक हुने अवसरमा भारतका केन्द्रिय स्वास्थ्य मन्त्री डा. हर्षवर्धन र केन्द्रिय मन्त्री नितिन गडकारीको पनि उपस्थिति रहने बताइएको छ ।

    यहि क्रममा बाबा रामदेवले भनेका छन –‘स्वास्थको क्षेत्रमा भारत आत्मनिर्भर र ग्लोबल लीडर बन्दैछ । योग र आयुर्वेदलाई हामीले वैज्ञानिक प्रमाणिकताका साथ स्थापित गर्ने कोशिश गरिरहेका छौं ।

    अहिलेसम्म पतञ्जलीको सयौं रिसर्च पेपर प्रकाशित गरिएको छ । हामीले योग क्रियालाई वैज्ञानिक तथ्यका साथ संसार सामु राखेका छौं ।’ उक्त औषधिको नाम कोरोनिल ट्याबलेट राखिएको छ ।

    रामदेवका अनुसार विगतमा उनीहरुले कोरोनिलको माध्यमबाट लाखौं मानिसलाई जीवनदान दिने काम गर्दा धेरै मानिसले प्रश्न उठाए ।

    ‘धेरै मानिसहरुको मनमा सर्वेक्षण विदेशमा मात्र हुन्छ भन्ने रहेको छ । विशेष रुपमा आर्युवेदको सर्वेक्षणको बारेमा विभिन्न किसिमको आशंकाहरु गरिन्छ । अब हामीले शंकाका समस्त बादल हटाइदिएका छौं, कोरोनिललाई लिएर भिन्दा–भिन्दै रोगमा पनि हामीले सर्वेक्षण गरेका छौं’, रामदेवले भनेका छन् ।

    भारतका कन्द्रिय मन्त्री नितिन गडकरी भन्छन् – शपतञ्जलीको अनुसान्धानले देशलाई फाइदा त हुन्छ नै, तर वैज्ञानिक रुपले समेत काम गर्नका लागि बाबा रामदेव र आचार्च बालकृष्णलाई धन्यवाद प्रदान गर्छु । जो अहिले वैज्ञानिक आधार लिएर पुनस् जनता सामु आएका छन् । त्यसैले निसिश्चत रुपमा मानिसको विश्वास अझ धेरै यसमा बढ्नेछ ।’

    यसअघि पतञ्जलीले २०२० जून २३ मा कोरोनाका लागि कोरोनिल लञ्च गरेको थियो । उक्त औषधिले ७ दिनमा कोरोनाको उपचार गर्ने दावी गरिएको थियो । यद्यपि लञ्च हुँदा–हुँदै उक्त औषधि विवादमा आएको थियो ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - १२:०६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij