Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

विद्यार्थी बोकेको बस दुर्घटना : १८ जना घाइते, दुई जनाको अवस्था गम्भीर

विद्यार्थी बोकेको बस दुर्घटना : १८ जना घाइते, दुई जनाको अवस्था गम्भीर


  • 6.1K
    Shares

    विद्यार्थी बोकेको बस दुर्घटना : १८ जना घाइते, दुई जनाको अवस्था गम्भीर
    images

    रामेछाप । रामेछापको मन्थली नगरपालिका-१ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । 

    मन्थली नगरपालिका-४ सालुबाट सेतीदेवी माध्यमिक विद्यालयका विद्यार्थी बोकेर मन्थलीका लागि छुटेको बा ५ ख २८५७ नम्बरको बस मच्छेडाँडीमा दुर्घटना भएको हो ।

    उनीहरुलाई उपचारका लागि मन्थलीमा रहेको तामाकोशी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    तीव्र गतिमा गुडिरहेको बस ट्र्याक्टरलाई साइड दिने क्रममा सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । बसमा ५५ जना विद्यार्थी रहेका  श्रेष्ठले बताउनु भएको छ । 

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - ११:४१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij