Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

पार्किङ शुल्क माग्दा सेक्युरिटी गार्डको हत्या

पार्किङ शुल्क माग्दा सेक्युरिटी गार्डको हत्या


  • 3.6K
    Shares

    पार्किङ शुल्क माग्दा सेक्युरिटी गार्डको हत्या

    हङकङ प्रहरीले पार्किङ शुल्क माग्दा सेक्युरिटी गार्डको हत्या गर्ने एक पुरुषलाई पक्राउ गरेको छ।

    आइतबार प्रहरीले २९ वर्षीय युन भनिने कार चालकलाई पक्राउ गरेको छ। ६९ वर्षीय श टिनको ती चालकसँग पार्किङ शुल्क तथा कारमा गाँजा राखेको विषयमा विवाद भएको थियो। आरोपी पुरुष हत्या र लागुऔषधसम्बन्धी मुद्दामा कैद परिसकेका व्यक्ति हुन्।

    आइतबार बिहान १२:३८ बजे सेक्युरिटी गार्ड जाट मिन चुयनको कार पार्किङस्थलमा अचेत अवस्थामा फेला परेका थिए। दिउँसो १:७ बजे उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    अनुसन्धानका क्रममा प्रहरीले कार चालकसँग सेक्युरिटी गार्डको पार्किङ शुल्कका विषयमा वादविवाद भएको बताएको छ। विवादपछि उनले कारको जाँच गर्न खोज्दा २ ग्राम गाँजा भेटिएको थियो। विवादपछि संदीघ्धले हातैले सेक्युरिटी गार्डमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ।

    हङकङमा लागुऔषधसम्बन्धी मुद्दामा ७ वर्षसम्म जेल सजाय तथा १ लाख २७ हजार अमेरिकी डलर जरिवाना हुने कानुन छ।

    प्रकाशित मिति :बैशाख २५ २०८० सोमवार - ११:२९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij