Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

हङकङ : अभियुक्तले फेरिन् बयान, आफ्नै छोराको घाँटी थिची हत्या गरेको स्वीकार

हङकङ : अभियुक्तले फेरिन् बयान, आफ्नै छोराको घाँटी थिची हत्या गरेको स्वीकार


  • 1.9K
    Shares

    हङकङ : अभियुक्तले फेरिन् बयान, आफ्नै छोराको घाँटी थिची हत्या गरेको स्वीकार
    images

    हङकङमा आफ्नै अशक्त छोराको घाँटी थिची हत्या गरेको आरोप लागेकी महिलाले आरोप स्वीकार गरेकी छन्।

    उनीमाथि सन् २०२० सेप्टेम्बरमा शारीरिक रूपमा अशक्त २१ वर्षीय छोराको प्लास्टिक टेबुलक्लोथले घाँटी रेटेर हत्या गरेको आरोप छ। गत मंगलबार अदालतमा उनले बयान फेर्दै हत्या गरेको स्विकार गरेकी हुन्।

    क्वाईचुङस्थित घरमा शारीरिक रूपमा अशक्त आफ्नो छोराको हत्या अभियुक्त ४९ वर्षीय चेन जुएपिङले यसअघि आरोप अस्वीकार गरेकी थिइन्। उनले आफू निर्दोष भएको बयान दिएकी थिइन्। हत्यामा कम जिम्मेवार भएको भन्दै अदालतले उनको सजाय कम गरेको थियो। 

    मंगलबार अदालतले ती महिलाको वर्तमान मानसिक अवस्थाबारे मनोचिकित्सक र पेशेवर मनोवैज्ञानिकको रिपोर्ट मागेको छ। 'उनको वर्तमान मानसिक अवस्था जान्न मन छ,' आदेशपछि उच्च अदालतकी न्यायाधीश सुसाना मारिया डीअल्माडा रेमेडियोसले भनेकी छन्।

    ४ सेप्टेम्बर २०२० मध्यराति जुएपिङका छोराको घाँटी रातो प्लास्टिकको टेबलक्लोथको टुक्राले रेटेको भेटिएको थियो। हत्यापछि उनले श्रीमान र साथीलाई ह्वाट्सएपमा मेसेज लेख्दै आफू निकै थाकेको र अब आफ्नो छोरालाई सँगै लिएर टाढा जाने बताएकी थिइन्। उनले आफ्ना जुम्ल्याह बच्चाको हेरचाह गर्न पनि श्रीमानलाई अनुरोध गरेकी थिइन्। मारिएका छोरा वोङलाई ६ वर्षको उमेरदेखि अटिजम देखिएको थियो। 

    हत्याको बिहान कान्छो छोराले बुवालाई फोन गर्दै घटनाबारे जानकारी गराएका थिए। एम्बुलेन्स आउँदासम्म वोङले ज्यान गुमाइसकेका थिए। वोङको हत्यापछि चेनले चक्कुले आफ्नो नाडी काटेर आत्महत्या प्रयास पनि गरेकी थिइन्। उनले २० वटा सम्म स्लिपिङ ट्याब्लेट खाएको अनुसन्धान क्रममा पत्ता लागेको थियो। मानसिक अवस्था खराब भएको भन्दै उनका वकिलले सजाय कटौतीको माग गरेका छन्।

    चेन सन् २०१९ मा क्रोनिक डिप्रेसनमा गएको र सन् २०१४ यता डिप्रेसनमा रहेको बताइएको छ।

    प्रकाशित मिति :बैशाख २५ २०८० सोमवार - ११:०५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij