Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु


  • 2.2K
    Shares

    भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
    images

    भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो ।

    सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका एकजना मन्त्री वी अब्दुराहमानले जानकारी दिएका छन् ।दुर्घटनास्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र केरलाका मुख्यमन्त्री पिनराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ । मुख्यमन्त्री विजयनले पूर्व निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर आज बिहान दुर्घटनास्थलको भ्रमण गर्दैछन् ।

    प्रकाशित मिति :बैशाख २५ २०८० सोमवार - १०:३४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij