२०८२ भाद्र १८ गते बुधवार
नेपाली साहित्यकार समूहले सरस्वती पूजाको अवसरमा ‘रचना वाचन तथा सरस्वती सम्मान कार्यक्रम २०७७’ भव्य रुपमा मनायो ।
नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वती सम्मान कार्यक्रम सम्पन्न गर्यो । जुम प्रविधिको प्रयोग गरेर गरिएको उक्त कार्यक्रममा विश्वभरबाट नेपालीभाषी साहित्यकारको ब्यापक सहभागिता रहेको थियो । अग्रज साहित्यकार तथा नियात्राकार प्रतीक ढकाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाली साहित्यकार विश्व संजाल समूहका संयोजक स्पन्दन विनोदले अध्यक्षता गरी कार्यक्रम संचालन गरेका थिए ।
विश्वभर छरिएर रहनु भएका नेपालीभाषी साहित्यकारहरूलाई नेपाली साहित्यकार नामक विश्व संजालले फेसबुक मार्फत यौटै छाता मुनी जोडेर म्यासेन्जरमा नेपाली साहित्यका विविध विधाका अग्रज प्रशिक्षकहरूद्वारा निरन्तर अभ्यास गराईरहेको छ र नेपाली साहित्यका बिबिध विधा नबुझेर वा बाटो बिराएर अन्योलमा परेका र सिक्न चाहने सर्जक का लागि नमुना पाठशाला बनेको छ ।
हालसम्म करिब १८३ औँ अंकमा पुगिसकेको पाठशालामा २५० जना जोडिएर निरन्तर साहित्य साधनारत छन् । बिश्वका कुना कुनामा रहेका नेपाली-भाषी साहित्यकारहरूको अवस्था अवलोकन गरी सम्मान तथा सहयोग गर्ने, अग्रज साहित्यकारको सम्मान तथा रथारोहण गर्ने, नेपालीभाषा साहित्य, कला र संस्कृतीको विकास तथा पुस्तान्तरण, अन्तर्राष्ट्रीय बजारमा नेपाली भाषाको पहूँच सर्जकहरूलाई आर्थीक, सामाजिक तथा शैक्षिक सहयोग गर्ने, प्रेरक पुरस्कार तथा सम्मान दिने र अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने मुल उद्धेश्यका साथ स्वतन्त्र रुपमा फेसबुकबाट खोलिएको सामुहिक समूह ‘नेपाली साहित्यकार’ कवि तथा गजलकार स्पन्दन विनोदको परिकल्पना भए पनि नेपाल र नेपाल बाहिर रहने सम्पूर्ण नेपालीभाषी सर्जकको साझा थलोको रुपमा विकसित भएको छ। बिभिन्न विधाका ख्यातिप्राप्त नेपाली अग्रज प्रशिक्षकबाट दैनिक प्रशिक्षण दिँदै अभ्यास गराउँदै आएको नेपाली साहित्यकार समूहले नेपाली भाषा र साहित्यको बाटोलाई मजबुत बनाउँदै दरिलो खम्बाहरु थप्ने कार्य गरिरहेको छ ।
यसरी प्रशिक्षण दिने नेपाली साहित्यकार समूह बिश्वकै नमुना भएको सबैको बुझाइ छ। पाठशालामा अभ्यास गरिएका रचना समायोजन गर्न सहयोग गर्दै आउनु भएकी कमला महतले कार्यक्रमको सुरुवात सरस्वती बन्दना पाठ गरेर रगराएर कार्यक्रम अगाडि बढेको थियो । पाठशालाका प्रशिक्षक, अग्रज तथा अनुजनहरू समेटेर गरिएको करिब ४ घण्टा लामो कार्यक्रम भव्य भएको र साहित्यिक माहोल सिर्जना गरेको सबैको बुझाई छ। प्रमुख अतिथिको वरिष्ठ साहित्यकार तथा नियात्राकार प्रतीक ढकालले भन्नुभयो ‘। हामी हाम्रो देशलाई माया गर्न सिकौँ, सम्मान गर्न सकौँ । नेपाल १२५ जातजातीको देश जहाँ १२९भाषा बोलिन्छ। यो भन्दा ठुलो गौरवको विषय के हुन सक्छ ? विश्वमा रहेका १४अग्ला हिमाल मध्ये ८वटा त नेपालमै छन् ।
संसारभर नेपाललाई चिनाउने भनेकै हिमाल, गोर्खा, शेर्पा र बुद्ध हुन्, अव नेपाली साहित्यकारको काँधमा पनि यो जिम्मेवारी थपिएको छ।’ उहाँको भनाइ अनुसार शब्द ब्रम्ह हो,शब्द मन्त्र हो, शब्दमा अथाह शक्ति हुन्छ।यही सुन्दर शब्द मार्फत नेपाली साहित्यकार साहित्यका माध्यमबाट हाम्रो देशलाई विश्वभर चिनाउन सक्छ।’नेपाली साहित्यकार समूहले यो विषम परिस्थितिमा प्रविधिको प्रयोगबाटै विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई एकै थलोमा एकतावद्ध गर्न सकेकोमा यस समूहका परिकल्पनाकार स्पन्दन विनोद ज्यू प्रति अत्यन्त कृतज्ञता जाहेर गर्दछु’भन्नुभयो।'
यसैगरी कार्यक्रम सभापति स्पन्दन विनोदका अनुसार सरस्वतीको बास रहेका हरेक नेपालीभाषी सर्जकको सम्मानार्थ हरेक बर्ष बसन्त पंचमीका दिन ‘नेपाली साहित्यकार’ समूहले बार्षिक रचना वाचन तथा सरस्वती सम्मान कार्यक्रम गर्ने छ। ‘कोरोना कहरका कारण यो पटक प्रविधिको सहयोग लिनु परेको भए पनि कोरोना कहर पछि यी कार्यक्रमहरू तपाई हाम्रा भौतिक दूरी मेटेर गरिनेछ’ स्पन्दन विनोदले भन्नुभयो।
कार्यक्रममा सोमबार प्रशिक्षण रहने गजलका प्रशिक्षक गजविद्वच्छिरोमणि डा. घनश्याम परिश्रमी न्यौपाने, सोमबार प्रशिक्षण रहने चारुररागरविरागका प्रशिक्षक गजल सचेतक देवी पन्थी, मंगलवार प्रशिक्षण रहने गद्य कविताका प्रशिक्षक कवि कलानिधि दाहाल, बुधवार प्रशिक्षण रहने मुक्तकका प्रशिक्षक मुक्तककार मुक्तककार सुनिल अधिकारी, बिहिवार प्रशिक्षण रहने छन्दकविताका प्रशिक्षक छन्द अभियन्ता माधव वियोगी तथा छन्द कवि हरिप्रसाद रिमाल, शुक्रवार प्रशिक्षण रहने गीतरसंगीतका प्रशिक्षक गीतकार ज्ञानेन्द्र गदाल तथा गीतकार सुनिल संगम, सनिवार प्रशिक्षण रहने हाइकुका प्रशिक्षक हाइजिन पुरु सुवेदी, आइतवार प्रशिक्षण रहने बाछिटाका प्रशिक्षक अमर त्यागी तथा कोपिलाका प्रशिक्षक गिरीराज डल्लाकोटी उपस्थित भई आफ्ना आफ्ना विधाका रचना वाचन गरेका थिए । सनिवार प्रशिक्षण रहने कथारलघुकथाका प्रशिक्षक राजन सिलवाल लगायत केही प्रशिक्षकहरू उपस्थिति जनाउन सकेका थिएनन् ।
कार्यक्रममा करिब ९० जना भन्दा बढी नेपाली साहित्यकारहरूले आफ्ना रचना सुनाएका थिए। कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूलाई मायाको चिनो, अग्रज प्रशिक्षकहरूलाई ‘सरस्वती साधना सम्मान २०७७’ र पाठशालामा आवद्ध अन्य सर्जकहरूलाई ‘सरस्वती सिर्जना सम्मान २०७७’ प्रदान गरिएको थियो। कार्यक्रम दुइ चरणमा गरिएको थियो । पहिलो चरणमा संजीव साहले प्रविधिमा साथ दिएका थिए भने दोस्रो चरणमा सर्वज्ञ वाग्लेले प्रविधिमा साथ दिएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij