२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ । प्रतिनिधिसभामा भोलि वैशाख २५ गतेदेखि २७ गतेसम्म आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल हुने भएको छ।
संसदको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा वैशाख २५ गतेदेखि २७ गतेसम्म प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गर्ने र वैशाख २७ गते अर्थमन्त्रीले जबाफ दिने कार्यतालिका तय भएको हो।
अर्थमन्त्रीले प्रि–बजेटमाथि उठेका प्रश्नको जबाफपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ। सरकारले जेठ १५ गते बजेट ल्याउने तयारी गरेको छ।
यसैगरी कार्यव्यवस्था परामर्श बैठकमा सदनलाई प्रभावकारी बनाउन अनिवार्य रुपमा महिनाको एकपटक प्रधानमन्त्रीले संसदमा सांसदहरुले उठाएका विषयको जबाफ दिनुपर्नेबारेमा समेत छलफल भएको छ । यसका लागि सांसदहरुको ई–हाजिरीको व्यवस्था गर्नुपर्ने तथा लगातार संसदमा बस्ने सांसदको नाम सदनमा प्रस्ताव गरिनुपर्ने र सभामुख तथा उपसभामुख तटस्थ हुनुपर्ने विषयमा पनि बैठकमा छलफल भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij