Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

ग्रीन लाइफको आइपिओ बाँडफाँट, सवा तीन लाखले पाए १०-१० कित्ता

ग्रीन लाइफको आइपिओ बाँडफाँट, सवा तीन लाखले पाए १०-१० कित्ता


  • 7.1K
    Shares

    ग्रीन लाइफको आइपिओ बाँडफाँट, सवा तीन लाखले पाए १०-१० कित्ता
    images

    काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपिओ आज बाँडफाँट भएको छ । जसमा गोलाप्रथा मार्फत ३ लाख २५ हजार १ सय ६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । 

    बाँकी रहेको २ कित्ता सेयर भने २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । कुल १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएकोमा ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको छ । 

    १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको  बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४ सय  कित्तामध्ये ६९ हजार ९ सय २८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८ सय २० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

    ग्रीनलाइफले सर्वसाधारणका लागि माघ २३ देखि २७ गतेसम्म बिक्री गरेको ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता आइपीओ बाँडफाँट गरेको हो ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - ११:१३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij