Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

एअर इण्डियाको विमानमा सवार यात्रुलाई बिच्छीले डसेपछि…

एअर इण्डियाको विमानमा सवार यात्रुलाई बिच्छीले डसेपछि…


  • 3.5K
    Shares

    एअर इण्डियाको विमानमा सवार यात्रुलाई बिच्छीले डसेपछि…
    images

    दिल्ली। एअर इण्डियाको विमानमा सवार एक यात्रुलाई बिच्छीले डसेको छ । नागपुरबाट मुम्बईका लागि उडान भरेको एअर इण्डियाको विमानमा सवार एक जना महिला यात्रुलाई बिच्छीले डसेको हो ।

    गत अप्रिल २३ मा घटना भएको एअर इण्डियाले पुष्टि गरेको छ । बिच्छीले डसेका यात्रुलाई उपचार गरिएको र हाल उनी खतरामुक्त रहेको कम्पनीले जानकारी दिएको छ । बेलाबेला उडिरहेको विमानभित्र मुसा, चराजस्ता जन्तु फेला पर्ने गरेको समाचार सार्वजनिक हुँदै आएको भएपनि बिच्छीले कुनै यात्रुलाई डसेको घटनालाई निकै दुर्लभ मानिन्छ ।

    ‘अप्रिल २३ मा एआई ६३० फ्लाइटमा बिच्छीले एक जना यात्रुलाई डसेको निकै दुर्लभ र दुःखद घटना भएको छ ।’ एअर इण्डिाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ । घटनापछि इन्जिनियरको टोलीले उक्त विमानको चेकजाँच गरेको जनाइएको छ ।

    प्रकाशित मिति :बैशाख २३ २०८० शनिवार - ११:५५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij