Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाए, ९ जनाको मृत्यु

सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाए, ९ जनाको मृत्यु


  • 2.0K
    Shares

    सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाए, ९ जनाको मृत्यु
    images

    काठमाडौं । सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा गोलीले ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

    एक नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको मृत्यु भएको बीबीसीले जनाएको छ । ६ जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन् । राष्ट्रपति एलेक्जेन्डर बुसिकले यो घटनालाई देशकै सबैभन्दा कठिन दिन भन्दै तीन दिन शोकको घोषणा गरेका छन् ।

    गोली चलाउने व्यक्ति १३ वर्षीय नाबालिग रहेको प्रहरीले जनाएको छ । उनले आक्रमणको योजना पहिलेदेखि बनाएको र क-कसलाई मार्ने भनेर सूची तयार पारेको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले पक्राउ गरेको छ । 

    उनले आफ्नै बुवाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गरेका थिए । स्कुलमा आक्रमण गर्नुभन्दा अगाडि उनी आफ्नो बुवासँगै सुटिङ प्रशिक्षणमासमेत गएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनका बुवालाई पनि पक्राउ गरेको छ ।

     

    प्रकाशित मिति :बैशाख २१ २०८० बिहिवार - १२:१५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij