Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

१४ वर्षीय किशोरद्वारा आफ्नै स्कुलका ९ जनाको हत्या

१४ वर्षीय किशोरद्वारा आफ्नै स्कुलका ९ जनाको हत्या


  • 2.7K
    Shares

    १४ वर्षीय किशोरद्वारा आफ्नै स्कुलका ९ जनाको हत्या

    सर्बियाको बेलग्रेडमा एक १४ वर्षीय किशोरले नौ जनाको हत्या गरेका छन्। स्कुलमा गोली चलाएर उनले सो हत्याकाण्ड गरेका हुन्।

    मारिनेहरुमा आठ जना विद्यार्थी छन् भने एक जना सुरक्षा गार्ड। ६ जना विद्यार्थी र एक शिक्षक घाइते भएको सरकारले जनाएको छ। सो घटनापछि प्रहरीले ती किशोरलाई पक्राउ गरेको छ। उनी सोही कक्षाको विद्यार्थी भएको बताइएको छ।

    विद्यार्थीहरुका अनुसार ती किशोरले इतिहासको कक्षामा पसेर पहिले शिक्षकलाई गोली हानी ज्यान लिएका थिए। त्यसपछि विद्यार्थीहरुमाथि गोली चलाएका थिए। ती किशोरले एक महिना अघिदेखि योजना बनाएर सो आक्रमण गरेको र ककसलाई गोली हान्ने भनेर सूची समेत बनाएको प्रहरीको भनाइ छ। घटनापछि उनी आफैँले प्रहरीलाई फोन गरेर बोलाएका थिए।

    मारिएका विद्यार्थीमध्ये अधिकांश २००९ मा जन्मिएका थिए। प्रहरीका अनुसार उनले आफ्नो बुबाको दुई वटा बन्दुकबाट गोली चलाएका थिए। उनका बुबालाई पनि पक्राउ गरिएको छ। सरकारले मुलुकमा तीन दिन शोक अवधि घोषणा गरेको छ। सर्बियामा यस्तो खालको घटना पहिलो पटक भएको बताइएको छ। एजेन्सी 

    प्रकाशित मिति :बैशाख २० २०८० बुधवार - १९:५६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij