Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

सुडानमा एक साता युद्धविरामको सहमति

सुडानमा एक साता युद्धविरामको सहमति


  • 1.7K
    Shares

    सुडानमा एक साता युद्धविरामको सहमति
    images

    काठमाडौं । सुडानमा द्वन्द्वरत पक्ष एक हप्ता युद्धविराम गर्न सहमत भएका छन् । सरकारी सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बल आरएसएफबीच मे ४ तारिखदेखि एक हप्तासम्म युद्ध विराम गर्ने सहमति भएको बीबीसीले जनाएको छ ।

    यसबीचमा दुवै पक्षबीच शान्ति वार्ता हुनेछ । दक्षिण सुडानले दुवै पक्ष शान्ति वार्ताका लागि आ-आफ्ना प्रतिनिधि पठाउन तयार भएको जनाएको छ ।

    यसअघि पनि युद्धविरामको सम्झौता भए पनि पालना भएको थिएन । दुवैले एकअर्कालाई सम्झौता तोडेको आरोप लगाएका थिए ।

    सुडानमा सेना र अर्धसैनिक बलबीच १८ दिन अगाडिदेखि लडाइँ जारी छ । संयुक्त राष्ट्रसंघका अनुसार यो अवधिमा एक लाख भन्दा बढीले देश छाडिसकेका छन् । ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ४ हजार बढी घाइते भएका छन् ।

     

    प्रकाशित मिति :बैशाख २० २०८० बुधवार - ११:००:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij