२०८२ कार्तिक १८ गते मंगलवार
                                                    रुसले युक्रेनमाथि सोमवार बिहान गरेको क्षेप्यास्त्र आक्रमणमा तीन बालबालिका सहित कम्तीमा २५ जना घाइते भएको नीप्रोपेत्रोव्स्क शहरका गभर्नर सर्ही लिसाकले बताएका छन् ।
रुसीहरूले १८ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये १५ वटालाई आफूले रोकेको युक्रेनको हवाई प्रतिरक्षा बलले जनाएको छ । बाँकी क्षेप्यास्त्रले पाव्लोह्राद शहरको आवासीय क्षेत्रलाई क्षतिग्रस्त बनाएको लिसाकको भनाइ छ । क्रामातोर्स्क, कोस्तियान्टिव्का र पाव्लोह्राद शहरलाई तारो बनाइएको युक्रेनी सेनाले जनाएको छ ।
रुसीहरूले २७ वटा हवाई आक्रमण गरेको अनि ४५ वटा मल्टिपल लोन्च रकेट सिस्टम पनि युक्रेनी सेनामाथि प्रहार गरेको र त्यसले सर्वसाधारणको मृत्यु तथा घाइते भएको युक्रेनी सेनाको भनाइ छ । कतिजना सर्वसाधारण मारिए भनी उसले खुलाएको छैन ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij