२०८२ फाल्गुण २३ गते शनिवार
भारतको पञ्जाबस्थित लुधियानामा ग्यास चुहिँदा ११ जनाको मृत्यु भएको छ। लुधियानाको गियासपुरामा ग्यास चुहिँदा यतिका मानिसको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
आइतवार बिहान ग्यास चुहिँदा ज्यान गुमाउनेमा ५ महिला र ४ तथा २ बालबालिका पनि छन्। बालबालिकाको उमेर १० देखि १३ वर्ष छ।घटनापछि अहिले पञ्जाब पुलिसका एडिशनल डीएसपी समीर वर्माले अझै पनि ५ देखि ६ जना बेहोस अवस्थामा रहेको बताए। अहिले उनीहरुलाई अस्पतालमा भर्ती गरिएको छ।
पुलिस अधिकारी समीर वर्माले भने, 'घटनापछि त्यस इलाकालाई सिल गरिएको छ। अहिले थप सुरक्षा बल पनि गइरहको छ।’ समाचार अनुसार ग्यासपुरा औद्योगिक क्षेत्रनजिक घरमा बनेको मिल्क बुथमा बिहान सवा ७ बजे घटना भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij