Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

हङकङमा हावाहुरीसहित भारी वर्षाको चेतावनी

हङकङमा हावाहुरीसहित भारी वर्षाको चेतावनी


  • 2.1K
    Shares

    हङकङमा हावाहुरीसहित भारी वर्षाको चेतावनी

    हङकङ अब्जर्भेटरीले सोमबार ठूलो हावाहुरीसहित भारी वर्षाको चेतावनी दिएको छ। 

    अपराह्न सवा ४ बजे सूचना जारी गर्दै अब्जर्भेटरीले आगामी दुई घण्टा सहरमा चट्याङका साथ ठूलो झरी पर्ने बताएको हो। ‘हङकङमा आगामी दुईतीन घण्टा ठूलो पनी पर्ने अपेक्षा गरिएको छ। हावाहुरी र चट्याङ पनि पर्नेछ,’ अब्जर्भेटरीले भनेको छ।

    रेडार तस्बिरमा वर्षा गराउने बादल दिउँसोदेखि पश्चिमबाट पूर्वतर्फ सरेको देखिएको छ। कुनैकुनै क्षेत्रमा ३० मिलिमिटरभन्दा ज्यादा पानी पर्ने बताइएको छ। मौसम पूर्वानुमान गर्ने सो संस्थाले होचो र निकासी राम्रो नभएका स्थानमा डुबान समेत हुनसक्ने जनाएको छ।

    जोखिम कम गर्न होसियारी अपनाउने अब्जर्भेटरीले सबैलाई आग्रह गरेको छ। एससीएमपी

    प्रकाशित मिति :बैशाख १५ २०८० शुक्रवार - १५:०२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij