२०८२ फाल्गुण २३ गते शनिवार
हङकङस्थित काउलुनको साम सुइ पोमा शुक्रबार बिहान एक २२ वर्षीय युवा रहस्यमयी तरिकाले तीन तलमाथिबाट झरेका छन्।प्रहरीले उनको मृत्युको छानबिन गरिरहेको छ।
बिहान सवा ८ बजेतिर खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। नौ तले भवनका एक बासिन्दाले ठूलो आवाज सुनेपछि हेर्दा सडकछेउमा ती युवा अचल लडिरहेको देखिएको बताएका छन्।
बेहोस अवस्थामा कारितास मेडिकल सेन्टरमा पुर्याइएको थियो। जहाँ उनको मृत्यु भएको थियो। तेस्रो तलामा रहेको एउटा फ्ल्याटबाहिर रहेको एयर कन्डिसनरमा छुँदा करेन्ट लागेर उनी झरेको हुनसक्ने प्रहरी स्रोतले जनायो। ती व्यक्ति त्यहाँका बासिन्दा होइनन्। उनी इस्टर्न डिस्ट्रिक्टका बासिन्दा हुन्।
केहीले उनी लुटपाटका लागि त्यहाँ पुगेका थिए कि भन्ने आशंका पनि जनाएका छन्। तर उनको साथबाट कुनै शंकास्पद सामान फेला परेको छैन। एससीएमपी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij