२०८२ कार्तिक १८ गते मंगलवार
                                                    रुसले गरेको हवाई आक्रमणमा परि युक्रेनको राजधानी कीएभलगायतका सहरमा कम्तीमा पाँच जनाको ज्यान गएको छ।
डिनिप्रो सहरमा एक महिला र तीन वर्षका एक बालकको ज्यान गएको छ। त्यस्तै, उमानमा आवासीय भवनमा भएको आक्रमणमा तीन जनाले ज्यान गुमाएका छन् । उमानमा नौ तले अपार्टमेन्टमा क्षति पुगेको छ ।
क्रेमेन्चुक र पोल्टाभा सहरमा पनि विस्फोटका घटना भएका बीबीसीले जनाएको छ।
कीएभका सैन्य प्रशासन प्रमुखले राजधानीमा पछिल्लो ५१ दिनमा पहिलो पटक रुसी मिसाइल आक्रमण भएको जानकारी दिएका छन् । त्यहाँ भएको हताहतीबारे थप जानकारी आउन सकेको छैन । रुसले अघिल्लो वर्ष फेब्रुअरीदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ। एजेन्सी
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij