२०८२ फाल्गुण २३ गते शनिवार
बुधबार भारतको छत्तीसगढ राज्यमा विद्रोही माओवादीहरूले थापेको एम्बुसमा परी १० जना सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु भएको छ।
टाइम्स अफ इन्डियाका अनुसार छत्तीसगढको दन्तेवाडा क्षेत्रमा डिस्ट्रिक्ट रिजर्भ गार्डका सुरक्षाकर्मी र एक जना ड्राइभर बिस्फोटमा मारिएका हुन्। माओवादीविरूद्धको कारबाही सकेर क्याम्पमा फर्किने क्रममा रहेका सुरक्षाकर्मी एम्बुसमा परेका हुन्।
छत्तीसगढका मुख्यमन्त्री भुपेश बागहेलले मृतकका परिवारप्रति समेवदना प्रकट गर्दै माओवादीविरूद्धको लडाइँ अन्तिम चरणमा रहेको बताएका छन्। अब माओवादीहरू नफैलिने पनि उनको भनाइ छ। छत्तीसगढमा लामो समयदेखि माओवादीहरूले सशस्त्र आन्दोलन जारी राखेका छन्। एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij