Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

तिलामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन

तिलामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन


  • 10.1K
    Shares

    तिलामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन
    images

    जुम्ला । जुम्लाको तिला गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।  स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा बुधबारदेखि आयुर्वेद स्वास्थ्य शिविर चलेको हो ।

    गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले ६५ वर्षीय ददिमल रावत र ६० वर्षीया हैता रावतलाई शक्तिबद्र्धक च्यवनप्रास प्रदान गरेर शिविर आरम्भ भएको थियो । पिछडिएका नागरिकका लागि सो शिविर निकै उपलब्धिपूर्ण भएको जनाउँदै उपाध्यक्ष बुढाले लामो समयदेखि रोग पालेर बसेका जनताका लागि यसबाट राहत मिलेको बताउनुभयो ।

    तातोपानी, हिमा र गुठिचौरसम्मका बिरामी स्वास्थ्य जाँच गर्न पुगेका थिए । तिला गाउँपालिकाका स्वास्थ्यकर्मी उत्तम देवकोटाले शिविरमा स्थानीयवासी उत्साहपूर्वक सहभागी भएको बताउनुभयो  । उहाँले भन्नुभयो, “यहाँका नागरिकलाई एक वर्षमा एक पटक पनि स्वास्थ्य जाँच गराउन कठिन छ तर यस पटक जनताले गाउँमै स्वास्थ्य सेवा पाए । यो निःशुल्क शिविरले निकै राहत मिल्यो ।”

    स्वास्थ्य सेवा निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख पुष्पा आचार्यले शिविरमा प्रायः सबै रोगको जाँच गरिएको बताउनुभयो । उहाँका अनुसार शिविरमा सबै प्रकारका रोगका बिरामीको उत्साहपूर्वक सहभागिता रह्यो ।

    शिविरमा स्वास्थ्य अवस्थाको पहिचान हुनाका साथै शक्तिवद्र्धक आयुर्वेदिक औषधिसमेत बिरामीलाई उपलब्ध गराइएको थियो ।आचार्यका अनुसार शिविरमा ग्याष्ट्रिक, अल्सर, मधुमेह, हाडजोर्नी तथा नसा, छाला रोग, स्त्रीरोग, बाथ, पेट, खोकी  र श्वासप्रश्वासलगायत रोगको उपचार गरिएको बताइएको छ । रासस

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १४:२८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij