Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

तालिबानद्वारा काबुल एयरपोर्ट बम विष्फोटमा संलग्न आईएस नेताको हत्या

तालिबानद्वारा काबुल एयरपोर्ट बम विष्फोटमा संलग्न आईएस नेताको हत्या


  • 1.9K
    Shares

    तालिबानद्वारा काबुल एयरपोर्ट बम विष्फोटमा संलग्न आईएस नेताको हत्या

    अफगानिस्तानको सत्तारुढ तालिबानले काबुल एयरपोर्टमा सन् २०२१ को विनाशकारी बम विष्फोटको योजना बनाएका इस्लामिक स्टेट समूहका मास्टरमाइन्डको हत्या गरेको छ। 

    काबुलमा २०२१ अगस्टमा भएको बम विष्फोटमा १७० नागरिक र १३ अमेरिकी सैनिक मारिएका थिए। तालिबानले सत्ता हत्याएपछि देश छाड्न उनीहरू काबुल विमानस्थल पुगेका थिए। त्यहीबेला विमानस्थलमा बम पड्किएको थियो।

    एक साता अघि नै आईएस नेताको हत्या भएको र अमेरिकी अधिकारीले भर्खरै मात्रै हत्या पुष्टि गरेको बीबीसीले जनाएको छ। मारिने नेताको नाम खुलाइएको छैन। अमेरिकी अधिकारीहरूले गुप्तचरमार्फत आईएस नेता मारिएको बताएका छन्, यद्यपि यसबारे थप विवरण सार्वजनिक भएको छैन।

    न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिकाले अप्रिलको सुरुमै हत्याबारे थाहा पाएको थियो। अखबारमा ती नेताको हत्या तालिबानले योजनावद्ध गरेको वा लडाइँ चलिरहेको बेला मारिएको भन्ने नखुलेको उल्लेख थियो। एजेन्सी

    प्रकाशित मिति :बैशाख १३ २०८० बुधवार - ०९:२८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij