Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

पाकिस्तानमा प्रहरी चौकीमा आत्मघाती आक्रमण हुदा १२ जना प्रहरीको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा आत्मघाती आक्रमण हुदा १२ जना प्रहरीको मृत्यु


  • 2.3K
    Shares

    पाकिस्तानमा प्रहरी चौकीमा आत्मघाती आक्रमण हुदा १२ जना प्रहरीको मृत्यु
    images

    पाकिस्तानको स्वात जिल्लाको कबाल सहरमा रहेको काउन्टर टेररिज्म डिपार्टमेन्टको प्रहरी चौकीमा सोमबार राति आत्मघाती हमला भयो । प्रहरी चौकीमा दुई वटा विस्फोट हुँदा आगलागी भयो । यस आक्रमणमा १२ प्रहरीको मृत्यु भएको छ । जबकि ४० जना घाइते छन् ।

    घाइतेलाई उचित उपचार उपलब्ध गराउन नजिकका सबै अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । आक्रमणपछि खैबर पख्तुनख्वामा उच्च सतर्कता अपनाइएको छ । विस्फोटबाट प्रहरी चौकीको छत भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा दबिएको घटनास्थलमा उपस्थित मानिसहरूले बताएका छन् ।

    विस्फोटमा तीन वटा भवन ध्वस्त 

    जिल्ला प्रहरी अधिकारी स्वात शफिउल्लाहले यसलाई आतङ्कवादी हमला भनेका छन् ।  विस्फोटका कारण तीन वटा भवन भत्किएको उनले बताए । विस्फोट लगत्तै प्रहरी चौकीमा आगलागी भयो । जसमा प्रहरीको जलेर मृत्यु भएको छ । पाकिस्तानी सेनाले केही दिनदेखि उक्त क्षेत्रमा आतङ्कवादी विरुद्ध कारबाही गरिरहेको छ ।

    यद्यपि अर्का अधिकारी डिआइजी खालिद सोहेलले प्रहरी चौकीमा आत्मघाती हमला नभएको बताए । उनका अनुसार विस्फोट स्टेसनको स्टोर रुममा राखिएको हतियार र बारुदयुक्त स्थानमा भयो । यस्तो कसैको लापरवाहीका कारण भएको हुनसक्ने उनलाई शङ्का छ ।

    डनको रिपोर्ट अनुसार एक प्रहरी अधिकारी इमदादले प्रारम्भिक जानकारीले प्रहरी चौकी क्याम्पसमा राति ८ः२० मा विस्फोट भएको बताएका छन् । क्याम्पसमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सिटिडी) को कार्यालय र एक मस्जिद पनि छ । एजेन्सी

    प्रकाशित मिति :बैशाख १२ २०८० मंगलवार - ०९:२३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij