२०८२ फाल्गुण २३ गते शनिवार
भारतको पन्जाबबाट खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंहलाई असमको डिब्रुगढ जेल लगिएको छ।
आइतबार बिहान भारतको पन्जाबस्थित मोगाको रोद गाउँबाट पक्राउ परेका उनलाई पन्जाब प्रहरीले भटिन्डाको एयर फोर्स स्टेसन लगेको थियो। त्यहाँबाट उनलाई असमको डिब्रुगढ जेल पठाइएको बीबीसी हिन्दीले जनाएको छ।
अमृतपाल सिंहका ८ साथी पहिले नै डिब्रुगढ जेलमा छन्। ती सबैविरुद्ध एनएसए लगाइएको छ। अमृतपाल सिंहविरुद्ध एनएसएसहित १६ मुद्दा दर्ता छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार पञ्जाब प्रहरीका महानिरीक्षक सुखचैन सिंह गिलले एनएसएअन्तर्गत अमृतपालविरुद्ध जारी वारेन्ट आज बिहान कार्यान्वयन गरिएको बताएका छन्।
अमृतपाल र उनका सहयोगीविरुद्ध समाजमा दुस्मनी फैलाउने, ज्यान मार्ने उद्योग, प्रहरीलाई हातपात र सरकारी कर्मचारीको काममा अवरोध अभियोगमा मुद्दा दर्ता भएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij