२०८२ कार्तिक १८ गते मंगलवार
                                                    भारतीय जनता पार्टी (भाजपा) प्रदेश कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणलाई लिएर ज्यान मार्ने धम्की पत्र प्राप्त गरेसँगै केरेलामा उच्च सतर्कता अपनाउन थालिएको छ ।
प्रेषकको नाम र अन्य विवरणहरू सहितको उक्त पत्रमा अप्रिल २४ मा मोदीको कोची भ्रमणको क्रममा आत्मघाती आक्रमणको धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले चिठ्ठीमा उल्लेख भएका व्यक्तिको पहिचान गरिसकेको छ । तर, उनले आफ्नो नाम विपक्षीहरूले फसाउन प्रयोग गरेको दाबी गर्दै उक्त कार्यमा आफ्नो कुनैपनि संलग्नता रहेको अस्वीकार गरेका छन् ।
प्रधानमन्त्रीको सुरक्षालाई लिएर प्रहरीले तयार पारेको योजनासमेत लिक भएको छ । उक्त योजना सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्रीको सुरक्षालाई लिएर थप चुनौती उतपन्न भएको र प्रहरी संयन्त्रबाट गम्भीर त्रुटी भएको भन्दै केरलाका विदेश राज्यमन्त्री एम मुरलीधरनले चिन्ता प्रकट गरेका छन् । धम्की पत्र प्राप्त भएतापनि हालसम्म प्रधानमन्त्री मोदीको कार्यतालिकामा भने केही परिवर्तन गरिएको छैन ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij