२०८२ फाल्गुण २३ गते शनिवार
कोलम्बो । श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने भएको छ । चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बाँदर चीनमा निकासी गरेर अर्थतन्त्रमा सानो योगदान गराउने छ ।
चीनको जुलजिकल गार्डेनको माग अनुसार १ लाख बाँदर चीन पठाइन लागिएको हो । श्रीलंकाबाट लगिने बाँदर चीनका १ हजार चिडियाघरमा राखिनेछ ।
श्रीलंकाको कृषि मन्त्रालयका वरिष्ठ अधिकारी गुणादास समरसिंघे विश्वमै दुर्लभ बाँदरको रूपमा रहेको टोकमकाकी प्रजातिलाई चीनमा निकासी गर्नका लागि यसअघि पशुपक्षी निकासीमा लगाउँदै आएको प्रतिबन्ध सम्बन्धी आवश्यक कानुन संशोधन पनि गरिसकेको छ ।
श्रीलंकमा बाँदरको बढ्दो संख्याका कारण बालीनालीमा व्यापक रूपमा क्षति हुँदा किसानलाई मर्का परेको तथा श्रीलंकाको खाद्य चक्रमा नै असर गरिरहेको अवस्थामा बाँदर निकासी हुन लागेको अधिकारीहरुले जनाएका छन्।
पछिल्लो समय श्रीलंकामा बाँदरको संख्या बढेर २५ देखि ३० लाख पुगेको अनुमान गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij