Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

उच्च रक्तचाप भएर समस्यामा हुनुहुन्छ ? के खाने के नखाने ?

उच्च रक्तचाप भएर समस्यामा हुनुहुन्छ ? के खाने के नखाने ?


  • 14.0K
    Shares

    उच्च रक्तचाप भएर समस्यामा हुनुहुन्छ ? के खाने के नखाने ?

    समय फेरियो । तर हाम्रा आनीबानी फेरिएको छैन । खानसमेत धौधौ हुने समय गुजारेका धेरै नेपालीले दुई छाक खाना सजिलै पाउने अवस्था आएको धेरै भएको छैन । तर अस्वस्थ्य जीवनशैली, आनीबानी र अल्छीपनाले गर्दा हामीमध्ये धेरैलाई अनेक किसिमका रोगले गाँजेको छ ।

    मान्नुहोस् या नमान्नुहोस् तर हिजोआज धेरै मानिस मीठामीठो खानुपर्ने, धेरै माछामासु खानैपर्ने, रक्सी खाने, सुर्तीजन्य तथा अन्य नशाको सेवन गर्नुपर्ने, विभिन्न खाले मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिको आदत या दैनिकीबाट गुज्रिरहेको छ । यी यस्तै आनीबानी र खानपान शैलीले गर्दा अधिकांशमा ब्लड प्रेसर जस्तो समस्या देखिएको भन्दछन्– चिकित्सक । हाम्रो यही जीवनशैलीले निकालेको रोग हो, उच्चरक्तचाप अर्थात् ‘ब्लडप्रेसर हाई ।’ तर यो समस्या खानपान मात्रैले मात्र पनि हुँदैन । यो पुस्तान्तरण हुँदै आएको पनि हुनसक्छ ।

    प्रेसर हाई हुने समस्याको परिणामस्वरुप हार्ट अट्याक, प्रेसर हाई, प्यारालाइसिस, मुटुरोग जस्ता समस्या देखिन थालेका छन् ।
    पहिले धनीमानी, उमेर भएका, रोगले च्यापेकालाई छिटफूट देखिने यो रोग अहिले २० वर्षे युवा उमेरदेखि वयस्क, पुरुष महिला सबैमा देखिन थालेको छ ।

    हो, ३० वर्षका युवाले समेत प्रेसर हाई भएको समस्याले नियमित औषधि खानुपर्ने अवस्था छ । ब्लडप्रेसरका कारणमध्ये २ देखि ३ प्रतिशतको मात्रै कारण देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता नलागेको बताइन्छ । त्यसैले उच्च रक्तचाप ‘साइलेन्ट किलर’ रोग हो ।

    चक्कर आउनु, निद्रा नलाग्नु, मुटुको धड्कन बढ्नु, धड्कन रोकिएजस्तो हुनु, भनभन रिँगटा छुट्नु, आँखा हेर्नै गार्हो हुनु, श्वास रोकिएला झै हुनु जस्ता लक्षण देखिन्छ । यसले प्यारालाइसिस जस्तो भयानक रोग निम्त्याउन सक्छ भने ‘हार्ट अट्याक’ जस्ता समस्या देखिएर ‘अन द स्पट डेथ’ पनि हुन सक्छ । तर नआत्तिनुहोस् ।

    - जीवनशैली तथा खानपानमा ध्यान दिने हो भने उच्च रक्तचापलाई कम गर्न र नियन्त्रण गर्न सकिन्छ ।
    - उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खानुपर्छ ।
    - केरा सेवन गर्ने । केरामा पोटासियम भन्ने तत्व पर्याप्त मात्रामा पाइन्छ जसले शरीरमा नुनको असर कम गर्दछ ।
    - हरेक बिहान खाली पेट लसुनका दुइ केस्रा तथा एक गिलास पानी पिउनुहोस् ।
    - अदुवामा रक्तसञ्चारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाइने भएकोले अदुवाको टुक्रा मुखमा राखिरहँदा पनि   फाइदाजनक हुन्छ ।
    - आधा गिलास पानीमा एक चम्चा मरिचको धुलो घोल्नुहोस् र केही तताउनुहोस् । चिसो भइसकेपछि २ २ घण्टामा थोरै थोरै गरेर    पिउनुहोस् ।
    - तुलसी तथा निमको पातको सेवन गर्नुहोस् ।
    - एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् । त्ससपछि त्यो मेथीपानीलाई चिसो पारेर पिउनुहोस् ।
    - गाजर र पालुंगोको रस पिउनाले रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।
    - १ चम्चा अमलाको रस र एक चम्चा मह मिलाएर हरेक दिन बिहान बेलुकी खाने गर्नाले रक्तचाप कम गर्छ ।
    - रक्त चाप उच्च भएकाहरुले नियमित रुपमा एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३, ४ पटक पिउनुपर्छ ।
    - गहुँ तथा चनाको रोटी सेवन राम्रो मानिन्छ ।
    - धूम्रपान मद्यपान त्याग्नुहोस् ।
    - नियमित व्यायाम गर्नुहोस् ।
    - महीको सेवन निकै फाइदाजनक हुन्छ ।
    - उच्च रक्तचापका रोगीले पर्याप्त निद्रा लिनुपर्छ ।
    - बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ ।
    - करेला, मेथी, नीमको पात, घ्यूकुमारी खाने, आयुर्वेदिक उपाय गर्ने, योग, ध्यान गरेर पनि कम गर्न सकिन्छ ।
    - ब्लडप्रेसर नियमित जाँच गर्ने ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - ११:२५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij