Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

सुडानमा भएको गृहयुद्धमा मृत्यु हुनेको संख्या ५६ नाघ्यो

सुडानमा भएको गृहयुद्धमा मृत्यु हुनेको संख्या ५६ नाघ्यो


  • 2.2K
    Shares

    सुडानमा भएको गृहयुद्धमा मृत्यु हुनेको संख्या ५६ नाघ्यो
    images

    सुडानमा जारी गृहयुद्धमा मृत्यु हुनेको संख्या ५६ नाघेको छ।  सडान चिकित्सा कमिटीले ५६ जनाकोम मृत्यु पुष्टि गरेको छ भने संख्या यो भन्दा बढ्ने जानकारी गराएको छ।

    सुडानको सेना र शक्तिशाली अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस ९आरएसएफ०बीच शनिबारदेखि लडाइँ जारी छ।

    शनिबार अर्धसैनिक समूहले राष्ट्रपतिको कार्यालय नियन्त्रणमा लिएको छ भने ९० प्रतिशतभन्दा बढी सरकारी साइट नियन्त्रणमा लिएको बताएको छ।

    शनिबार सुडानको राजधानी खार्तूमस्थित राष्ट्रपति भवन र सेनाको मुख्यालय वरपर भीषण भिडन्त भएको थियो। झडपपछि सुडानी केन्द्रीय चिकित्सा समितिले खार्तूम आसपासका अस्पताल घाइतेले भरिएको जनाएको छ। विमानस्थलहरू बन्द भएका छन्। जारी युद्धमा ५९५ जना घाइते भएका छन्।

    सन् २०१९ अप्रिलमा सुडानका जर्नेलहरूले राष्ट्रपति ओमर अल बसिरलाई सत्ताच्यूट गरी सरकार आफ्नो हातमा लिएपछि सुडानमा हिंसा भड्किएको थियो।

    त्यबेला नागरिकहरूले शान्तिपूर्ण धर्ना दिँदा सेनाले चलाएको गोली लागेर ११८ नागरिकको मृत्यु भएको थियो। सत्ता हातमा लिएपछि नागरिकसँग सत्ता साझेदार गर्ने सेना सहमत भए पनि सहमति हालसम्म पालना गरेको छैन। सन् २०२१ मा अर्को कू गरेर लोकतन्त्रको प्रक्रिया सेनाले रोकेको थियो।

    त्यसयता लोकतन्त्रको माग गर्दै नागरिकहरू आन्दोलनमा छन्।

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १०:३३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij