Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

भारतमा सैन्य क्याम्प भित्रै चार सेनाको हत्या हुँदा अहिलेसम्म पत्ता लागेन हत्यारा

भारतमा सैन्य क्याम्प भित्रै चार सेनाको हत्या हुँदा अहिलेसम्म पत्ता लागेन हत्यारा


  • 2.1K
    Shares

    भारतमा सैन्य क्याम्प भित्रै चार सेनाको हत्या हुँदा अहिलेसम्म पत्ता लागेन हत्यारा
    images

    भारतको पञ्जावमा बुधबार बिहानै एक सैन्य क्याम्पमा गोलाबारी हुँदा चार सेनाको मृत्यु भयो । भटिन्डा शहरको सैन्य क्याम्प भित्र बिहानै साढे चार बजे गोलाबारी हुँदा पनि हालसम्म हत्यारा भने पत्ता लाग्न सकेको छैन ।

    सो क्षेत्रका वरिष्ठ प्रहरी अधिकारी एसपीएस पार्मरका अनुसार बाठिन्डाको सैन्य क्याम्पमा भएको आक्रमणमा कुनैपनि आतंकवादी संगठनको संलग्नता छैन । बुधबार बिहानै सैन्य क्याम्प भित्र निकै लामो फायरिङको आवाज सुनिएको प्रहरी अधिकारी बताउँछन् ।

    त्यसो भए त्यहाँ कसले गोलाबारी गर्‍यो ? यो प्रश्न भटिन्डाका सेनामाथि उठ्न थालेको छ । सेनाले आफ्ना चार सैनिकको मृत्यु भएको पुष्टि गरेको छ, तर आक्रमणकारी को थिए भनेर हालसम्म खुलाएका छैनन् । त्यहाँ कुनै एक सेनाले अन्य सेनाको हत्या गरेको आशंका छ ।

    यद्यपि आक्रमणकारी को थिए पत्ता लाग्न नसकेको र यस विषयमा आफूहरुले अनुसन्धान थालेको भारतीय सेनाको भनाइ छ । 

    सेनाका अनुसार हालै मात्र २८ राउन्ड गोली क्षमताको एउटा अटोराइफल हराएको थियो । सोही राइफलको प्रयोग गरेर आक्रमणकारीले सेनामाथि हमला गरेको अनुमान छ । उक्त हराएको राइफल पनि बुधबार नै भेटिएको छ । सो बन्दुकबाट गोली प्रहार भएको छ कि छैन भनेर पनि अनुसन्धान थालिएको छ ।

    पछिल्ला दिनहरुमा खालिस्तान आन्दोलनका कारण पञ्जाव राज्यमा अशान्ति छाएको छ । पञ्जावलाई भारतबाट टुक्राएर अलग्गै देश बनाउनुपर्छ भनेर शिख अलगवावादी नेता अमृतपाल सिंह लागि परेका छन् । हाल फरार उनको खोजी भइरहेको छ । पञ्जाव पाकिस्तानसँग सीमा क्षेत्र जोडिएको भारतीय राज्य पनि हो । 

    प्रहरीले भने भटिन्डाको सैन्य क्याम्प भित्र गोली चल्नुमा खालिस्तान आन्दोलन र पाकिस्तानी आतंकवादीको कुनै हात नभएको बताइरहेका छन् । रोयटर्सको सहयोगमा

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - १२:३१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij