२०८२ फाल्गुण २३ गते शनिवार
अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीको बोर्जगी गाउँका केही बालबालिकाले खेलौना ठानेर बमसँग खेल्दा विष्फोटनमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ ।
हिजो (सोमबार) दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो वस्तु फेला पारेका थिए। केटाकेटी त्यसैसँग खेलिरहँदा अचानक विष्फोट भएपछि दुई बालबालिकाको मृत्यु भएको अफगानिस्तानको समाचार समितिले जनाएको छ।
दुवै बालबालिकाको घटनास्थलमै मृत्यु भएको सुरक्षाकर्मीहरूले बताएका छन्।
गत आइतबार घाज्नीको छिमेकी कान्दाहार प्रान्तमा पनि यस्तै प्रकृतिको विष्फोट हुँदा एक जना बालकको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij